Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

वालिङ – गत आर्थिक वर्ष २०७२/०७३ मा स्याङ्जामा २ सय ६२ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जामा सेवामूलक उद्योग ९८, कृषि तथा वनजन्य उद्योग ९५, उत्पादनमूलक उद्योग ५५, निर्माणमूलक उद्योग १३, पर्यटनमूलक उद्योग एक गरी कुल २ सय ६२ वटा नयाँ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ । कार्यालयबाट सोही अवधिमा नयाँ वाणिज्य व्यवसाय २६९ वटा दर्ता भएका घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत शिवशङ्कर बानियाँले बताउनुभयो ।

जिल्लामा उद्योग दर्ता भएको विवरणअनुसार कुल सङ्ख्यामा ४१ जना महिलाको स्वामित्व रहने गरी उद्योग दर्ता भएको छ भने पुरुष उद्यमीको सङ्ख्या २ सय ५१ छ । दर्ता भएका विभिन्न २ सय ६२ उद्योगमा उद्यमीबाट कुल पुँजी रु २४ करोड ५५ लाख ५६ हजार २२ लगानी हुनेछ । दर्ता भएका उद्योगबाट २ सय ९५ जना महिलाले र ५ सय ८७ जना पुरुषले रोजगारी पाउने छन् ।

आव २०७२/०७३ को अवधिमा उद्योग प्रशासन सेवा र वाणिज्य प्रशासन सेवाबाट कुल राजस्व रु ४१ लाख ६६ हजार ८ सय २५ सङ्कलन भएको कार्यालय प्रमुख बानियाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया