Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – बार्सिलोनाका स्टार लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किएका छन् । झन्डै दुई महिनाअघि अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा पेनाल्टीमा गोल गर्न नसकेपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । Messi-1

कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलीसँग टाइब्रेकरमा पराजित भएको थियो । मेसीले सन्यासको घोषणा गरेदेखि नै उनीमाथि निर्णय पुनर्विचार गर्न दबाब बढेपछि यस्तो निर्णय गरेका हुन् । अर्जेन्टिनाको विश्वकप छनौट खेलका लागि घोषणा गरिएको टिममा मेस्सीको नाम समावेश छ ।

आउँदो सेप्टेम्बरमा हुने विश्वकप छनौट खेलमा अर्जेन्टिनाले उरुग्वे र भेनेजुएलासँग खेल्ने छ । मेसीले देशको मायाका कारण राष्ट्रिय टिममा फर्किने निर्णय गरेको बताएका छन् । आफ्ना लागि अर्जेन्टिनाको जर्सीले निकै महत्त्व राख्ने पनि मेसीले बताएका छन् ।

२९ वर्षीय मेसीले राष्ट्रिय टिमबाट अहिलेसम्म एक सय ३३ खेलमा ५५ गोल गरेर सर्वाधिक गोलकर्तामा नाम दर्ता गराइसकेका छन् ।

तपाईको प्रतिक्रिया