काठमाडौं – जिल्ला प्रशासन कार्यालयले काठमाडौंले भाटभाटेनीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग नजिक प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराई संवैधानिक निकायको संवेदनशीलतालाई ध्यान दिँदै टंगाल क्षेत्रमा प्रदर्शन गर्न रोक लगाइएको बताउनुभयो । आफ्नो अधिकार क्षेत्र नाघेर विभिन्न क्षेत्रमा हस्तक्षेप गरेको र आफैं भ्रष्टाचारमा संलग्न भएको भन्दै अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध उक्त क्षेत्रमा प्रदर्शन हुँदै आएको थियो ।
विशेषतः मेडिकल शिक्षामा अख्तियारले हस्तक्षेप गरेको भन्दै डा. गोविन्द केसीका समर्थकले त्यहाँ प्रदर्शन गर्दै आएका थिए। प्रशासनले विशालनगर जाने चोक, गणेश मन्दिर, गौह्रीधारा चोक र दुरसञ्चार नक्सालदेखि बालमन्दिर सम्मको क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको छ ।