Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक १८, २०८१
Sunday, November 3, 2024

काठमाडौँ – प्रतिनिधि विवाद हल मिलेसँगै नेविसंघ महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुने भएको छ । ११ जिल्लामा विधिवत् अधिवेशन नगराई भागबण्डाका आधारमा प्रतिनिधि सहभागी गराईएपछि उत्पन्न विवादले बन्द सत्र सुरु हुन सकेको थिएन ।

आइतबार उद्घाटन भएर रोकिएको महाधिवेशनको बन्द सत्र आजदेखि सुरु हुने नेविसंघका अध्यक्ष रंजित कर्णले जानकारी दिनुभएको आजको कान्तिपुर दैनिकमा खबर छ । कर्णका अनुसार महाधिवेशन थप तीन दिन लम्बिने भएको छ । बिहीबार बन्द सत्र सुरु गर्ने र निर्वाचनका लागि मतदाताहरुको नामावली प्रकाशित गर्ने कार्यक्रम छ । शुक्रवार मनोनयन दर्ता गरी २९ गतेमात्रै निर्वाचन हुने भएको छ । SAM_6009

महाधिवेशन तीन दिन लम्बिदा सङ्घलाई करिब डेढ करोड रुपैयाँको आर्थिक व्ययभार बढेको कर्णले बताउनुभयो । यसअघि बुधवारसम्मका लागि मात्रै भोजन र आवासको व्यवस्था गरिएको थियो । पार्टी सभापति शेरवहादुर देउवाले महाधिवेशन जति लम्बिए पनि पार्टीले खर्च बेहोर्ने बताएपछि सङ्घले थप तीन दिनका लागि आवास भोजनको व्यवस्था गरीसकेको छ ।

कसरी भयो सहमति?

विधिवत् महाधिवेशन नभईकनै भागबण्डाका आधारमा छनोट भएका ११ जिल्लाका प्रतिनिधिको विवाद मिलाउन झन्डै एकसाता लाग्यो । नेविसंघ केन्द्रीय कार्यसमितिले विवाद मिलाउन नसकेपछि माउ पार्टी काँग्रेसले सबै विवाद हल गरेर महाधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य प्रकाशरण महतको नेतृत्वमा निर्देशन समिति गठन गरेको थियो ।
समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट गोविन्द भट्टराई र गुरु घिमिरे थिए ।

सभापति देउवाले आफ्नो पक्षबाट महतका अतिरिक्त किशोरसिंह राठौर र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट प्रदिप पौडेललाई राखेका थिए । नेविसंघका वर्तमान अध्यक्ष रंजित कर्ण र ऋषिकेशजंग शाह समूहबीच अधिवेशन नभएका ११ जिल्ला र स्ववियू निर्वाचन नभएका क्याम्पसमा भागबण्डाका आधारमा प्रतिनिधि चयन गरिएको थियो । नेविसंघ अध्यक्ष कर्ण पौडेल र शाह सभापति देउवा पक्षीय हुन् ।

१३ औँ महाधिवेशनबाट पार्टीमा तेस्रो धार जन्माएका पूर्व महामन्त्री सिटौला पक्ष अधिवेशन नै नभई दुई पक्ष बिच (देउवा र पौडेल) भागबण्डाको आधारमा आएका प्रतिनिधिलाई मान्यता दिन नहुने पक्षमा लाग्यो ।

तपाईको प्रतिक्रिया