Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक १८, २०८१
Sunday, November 3, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न देशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउन निर्देशन दिनुभएको छ ।Del416125

परराष्ट्र सचिव शंकरदास बैरागीलाई टेलिफोन गरी श्रीलंका र साउदी अरबमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउने वातावरण निर्माण गर्न निर्देशन दिनुभएको हो । नेपालीले तुरुन्तै राहत र नेपाल आउने वातारण निर्माण गर्न पनि दाहालले निर्देशन दिनुभयो ।

‘साउदी अरबमा सयौँ नेपाली र श्रीलंकामा ४५ जना नेपाली महिला अलपत्र परेको समाचार आएको छ,’ प्रधानमन्त्री दाहालले परराष्ट्रसचिवलाई भन्नुभयो ‘यथार्थ बुझेर तुरुन्तै उनीहरूलाई राहत, रोजगारीको व्यवस्था र नेपाल फर्कने व्यवस्था गर्नुस् ।’ प्रधानमन्त्रीले सम्बन्धित देशको सरकार र दूतावाससँग समन्वय गरी यथाशिघ्र उनीहरूलाई राहतको व्यवस्था मिलाउन पनि दाहालले भन्नुभएको छ ।

जवाफमा परराष्ट्र सचिवले प्रधानमन्त्रीको निर्देशन तुरुन्तै कार्यान्यवन गर्ने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया