काठमाडौँ – राजधानीको भृकुटीमण्डपमा जारी नेपाल विद्यार्थी सङ्घको ११ महाधिवेशन अन्तर्गतको बन्दसत्र आज नहुने भएको छ ।
नेबिसंघ केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै केही जिल्ला र क्याम्पसको प्रतिनिधि विवाद रहेको जनाँउदै भोलि २ बजेदेखि सुरु हुने जनाएको छ । साथै भोलि बिहान ८ बजेदेखि काँग्रेस कार्यालय सानेपामा प्रतिनिधि कार्ड वितरण गर्ने पनि नेबिसंघले जनाएको छ ।
हिजोबाट सुरु भएको महाधिवेशनले १ सय ५१ सदस्यीय कार्यसमिती चयन गर्ने छ । नेतृत्वका लागि जितजंग बस्नेत, नैनसिंह महर, मनोजमणी आचार्य, दीपक भट्टराई, कुन्दन काफ्ले, आनन्दराज त्रिपाटी, रामप्रसाद अधिकारी, निलकण्ठ रिजाल, लगायतका विद्यार्थी नेताहरू मैदानमा छन् ।