Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – नेपालकी पौडी खेलाडी गौरिका सिंहले ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक गेम्समा सामान्य प्रदर्शन गरेकी छिन् । 1470619667gaurikaaa

आइतबार भएको महिला सय मिटर ब्याकस्ट्रोकमा तीन खेलाडी सम्मिलित हिट चरणमा पहिलो भए पनि गौरिका अर्को चरणमा पुग्न असफल भइन् । गौरिकाले सय मिटर ब्याकस्ट्रोक १ मिनेट ८ दशमलव ३४ मिनेटमा पुरा गरेकी थिइन् । उनको यो समय उनकै राष्ट्रिय किर्तीमान भन्दापनि खराब हो । रियो ओलम्पिकमा राष्ट्रिय किर्तीमानमा सुधार गर्ने लक्ष्य लिएकी गौरिकाले एक मिनेट ६ सेकेण्डको हाराहारीको समय निकाल्ने लक्ष्य राखेकी थिइन् ।

यो स्पर्धामा सहभागी कुल ३४ खेलाडीमध्ये गौरिका ३१ औँ स्थानमा आइन् । अर्को चरणमा प्रवेश नगरेपनि गौरिकाले ओलम्पिकको हिट चरणमा शीर्ष स्थान ओगट्ने किर्तीमान भने बनाएकी छिन् । आइतबारको खेलसँगै रियो ओलम्पिकमा गौरिकाको यात्रा टुंगिएको छ ।

रियो ओलम्पिकमा नेपालका अर्का पौडीवाज शिरिष गुरुङको भने खेल बाँकी छ । गुरुङले पुरुष सय मिटर फ्रि स्टाईलमा प्रतिस्पर्धा गर्दैछन् । यसैगरी अन्य नेपाली खेलाडीहरुमा आर्चरीका जित बहादुर मोक्तानले दोस्रो चरणको खेलमा मंगलबार भारतका अतनु दाससँग खेल्नेछन् ।

तपाईको प्रतिक्रिया