Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

काठमाडौँ – नेपाली आकाशमा मानवरहित स्वचालित विमान ड्रोनको अनधिकृत प्रवेशसँगै सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको छ ।timthumb

प्रहरीले वैशाखयता नियन्त्रणमा लिएका १० मध्ये पाँच विदेशी नागरिकले नेपालका विभिन्न स्थान ड्रोनबाट लिएका दृश्य शंकास्पद पाइएको आजको नागरिक दैनिकमा खबर छ । तिनमा निषेधित र अति गोप्य क्षेत्र तथा क्रियाकलापका तस्बिर र दृश्य रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डीआइजी माधव जोशीले ड्रोनको प्रयोगले आकाश मात्र नभई राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिएको बताउनुभयो ।

‘राज्यले केही स्थान र क्रियाकलाप गोप्य राखेको हुन्छ,’ उहाँले भन्नुभयो,‘यसरी लिएका तस्बिर र दृश्य गलत नियतबाट प्रयोग हुन सक्ने सम्भावना रहन्छ ।’ गृह मन्त्रालयले गत कात्तिकमा ’अनम्यान एरियल उडान सम्बन्धी कार्य्विधि २०७२’ बनाएपछि प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

तिनले नेपाली सेनाको मूख्यालय जंगी अड्डादेखि मन्त्रीनिवास हरिहरभवनसम्मका तस्बिर लिएको प्रमाण रहेको प्रहरीको दाबी छ । मन्त्रालयको कार्यविधि अनुसार ड्रोन उडाउन नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्छ, उडानका बेला सुरक्षाकर्मीको उपस्थिति अनिवार्य छ ।

तपाईको प्रतिक्रिया