Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

काठमाडौँ – सरकारले हालै गठन गरेको राष्ट्रिय परीक्षा बोर्डले आइतबार पहिलो पटक कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक गरेको छ ।

यस वर्ष कक्षा १२ को परीक्षामा नियमति तर्फ कुल ४० हजार ६ सय तीन सहभागिता रहेकोमा २९ हजार ९ सय ५२ परीक्षार्थी उत्तीण भएका छन् ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष ७३.७७ प्रतिशत विद्यार्थी पास भएका हुन् । जुन गत वर्षको भन्दा २.१२ प्रतिशतले बढी हो । गत वर्ष विज्ञान संकायमा ७१ .६५ प्रतिशत मात्र विद्यार्थी पास भएका थिए । यसैगरी आंशिक तर्फ ४५.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

आंशिक तर्फ ९ हजार ७ सय ८१ विद्यार्थी सहभागी रहेकोम ४ हजार ४ सय १४ उत्तीर्ण भएका हुन् । आइतबार साँझ शिक्षा सचिव डिल्लीराम रिमालको अध्यक्षतामा बसेको परीक्षा सञ्चालक समितिको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

बाकी रहेको व्यवस्थापन, शिक्षा र मानविकी संकायको नतिजा परीक्षा बोर्डले भदौं १५ भित्र सार्वजनिक गर्ने तयारी गरेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया