Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

भक्तपुर – नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले यही साउन १ गतेदेखि लागू भएको पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरे महासङ्घ अदालत जाने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रको आयोजना एवम् महासङ्घ भक्तपुरको संयोजनमा आज भक्तपुरमा आयोजना भएको आघात (ट्रमा) पत्रकारिता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले महासङ्घले यसलाई कार्यान्वयन गराएरै छाड्ने बताउनुभएको हो ।

न्यूनतम पारिश्रमिक दिनुपरे मिडिया हाउस बन्द गर्छौं भन्ने मालिकको धम्कीप्रति महासङ्घ नडग्मगाउने बताउँदै उहाँले मिडिया मालिकले न्यूनतम पारिश्रमिक दिन तयार नभए महासङ्घ अदालतसम्म जाने बताउनुभयो ।

पत्रकारका लागि मापदण्ड तोकिनु राम्रो भएको बताउँदै उहाँले पत्रकारिता पेसालाई मर्यादित गर्न योग्यता एवम् अनुभवका आधारमा काम गर्नुपर्ने बताउनुभयो । पत्रकारको योग्यता, क्षमता र सीपको विकासका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको निर्माण गरी महासङ्घले विभिन्न कार्यक्रम गर्ने तयारी गरिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले सञ्चार क्षेत्रको विकासका लागि आफू सदैव तयार रहेको बताउनुभयो । भक्तपुरका ३५ जना पत्रकार सहभागी भएका आघात पत्रकारिता तालिममा महासङ्घका लेखा समितिका संयोजक दीपक पाण्डे, पत्रकार विनोद ढुङ्गेलले प्रशिक्षण दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया