Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ओलम्पिक गेम्समा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।

रियो ओलम्पिकमा सहभागी १० जहार ५ सय खेलाडीमध्ये सबैभन्दा कान्छी खेलाडी बनेकी गौरिकाले यसअघि नैं विश्वभरको मिडियाका चर्चा कमाइ सकेकी छिन् । आज हुने खेलमा राष्ट्रिय कीर्तिमान सुधार गर्ने गौरिकाको लक्ष्य छ । गौरिकाले अघिल्लो वर्ष सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा पौडीतर्फ एक रजत तथा तीन वटा कास्य पदक जितेकी थिइन् ।

यसैबिच, रियो ओलम्पिकमा सहभागी ७ नेपाली खेलाडीमध्ये आर्चरीका जीत बहादुर मोक्तानले पहिलो दिनको खेलमा ६ सय ७ स्कोर गरेका छन् । मोक्तानले अब दोस्रो चरणमा मङ्गलवार भारतका खेलाडी अतनु दाससँग खेल्ने भएका छन् ।

तपाईको प्रतिक्रिया