Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

काठमाडौँ – मलेसियामा कामदारा पठाउन पुनः खुला भएको छ । अगष्ट १ देखि मलेसियाले विदेशी कामदार लिन खुला गर्ने निर्णय गरेको खबर आजको अन्नपूर्णमा खबर छ । अब नेपालसहित १५ वटा मुलुकबाट कामदार त्यहाँ जान सक्नेछन् ।

झन्डै सात महिनादेखि मलेसिया कामदार पठाउन बन्द हुँदा नेपाललाई सबैभन्दा बढी मार परेको थियो । यो सबैभन्दा धेरै नेपाली कामदार जाने मुलुक हो। रेमिट्यान्स पनि सबैभन्दा धेरै यही देशबाट आउने गर्छ । मलेसियाले अबदेखि बंगलादेशबाट पनि कामदार लिने भएको छ । यसअघि १४ वटा स्रोत मुलुकमा राखिएकोमा अब बंगलादेश पनि थपेर १५ पुर्‍याइएको हो ।

बंगलादेश खुला गरेपछि नेपालीलाई भने कामदार पठाउन खुला भए पनि तुलनात्मक रूपमा घाटा हुने भएको छ । विगतमा बंगलादेश बन्द गरेकै कारण नेपालीले विविध अवसर पाएक थिए।

निःशुल्क भिसा र टिकटमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न कठिन हुने व्यवसायीहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया