Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनको वातावरण सिर्जना गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

शनिवार बेलुका नेपाल टेलिभिजनबाट प्रसारित ‘सिधाकुरा प्रधानमन्त्रीसँग’मा कुरा गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो,‘संविधान कार्यान्वयन गर्न वातावरण सिर्जना गर्नु आवश्यकता र चुनौती दुवै हो, त्यसका लागि संविधानप्रति असन्तुष्टि व्यक्त गर्ने आदिवासी जनजाति र मधेसी समुदायलाई सहमतिमा ल्याएर सरकार अगाडि बढ्नेछ ।’ संविधान कार्यान्वयनका लागि प्रतिपक्षी दलसँग समेत सहकार्य गरेर अगाडि बढ्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।

त्यसैगरी प्रधानमन्त्री दाहालले आफ्नो सरकारले पुनःनिर्माण, विकास र समृद्धि, भ्रष्टाचार, महँगी, कालोबजारी तथा देशमा व्याप्त दण्डहीनताको अन्त्य गर्ने सङ्कल्प गर्नुभयो । प्रधानमन्त्री दाहालले सरकारको आयु नौ महिनामात्र हुने भन्ने बारेमा कुनै त्यस्तो लिखित सहमति भएको छैन, तर यतिभित्रमा कामसक्ने वा सरकारको प्राथमिकता के–के हुने भन्नेबारे केही आधारहरू तयार भएको छ भन्नुभयो ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुरु भएको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’लाई आजदेखि पुनः निरन्तरता दिइएको हो ।

तपाईको प्रतिक्रिया