Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २८, २०८१
Wednesday, November 13, 2024

अमेरिका – अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी साशा ओबामाले अहिले एक रेस्टुरेन्टमा काम गरिरहेकी छन् । ह्वाइट हाउसको आराम छोडेर राष्ट्रपति ओबामाकी छोरी साशाले एक रेस्टुरेन्टमा वेटरको रुपमा काम गरिरहेकी छन् ।

1

१५ वर्षकी साशाले गर्मीको छुट्टीमा मासाचुसेट्सको मार्था वाइनयार्डमा रहेको एक रेस्टुरेन्टमा वेटरको काम गरिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । रेस्टुरेन्टमा साशासँगै गुप्तचर विभागका ६ जना एजेन्ट पनि आउने गरेको बोस्टन हेराल्डले लेखेको छ ।

2

ओबामा परिवार गर्मीको छुट्टीमा प्रयाः यो शहर आउने गरेको छ । साशासँगै काम गर्दै आएका कर्मचारीले हेराल्डसँग भने ‘उनी तल्लो तलामा काम गर्ने थिइन् । उनी काम गर्न आउँदा अरु ६ जना किन आउँछन् भनेर । पछिको थाहा पायौँ कि उनी को हुन् भनेर ?’ ह्वाइट हाउसले साशाले काम गर्ने गरेको बारेमा केही बताउन चाहेन ।

तपाईको प्रतिक्रिया