Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २८, २०८१
Wednesday, November 13, 2024

काठमाडौं – नेपाल मगर सांस्कृतिक संघको केन्द्रिय अध्यक्षमा कविराज थापा मगर निर्विरोध रूपमा चयन हुनुभएको छ । काठमाडौँमा सम्पन्न संघको छैठौं अधिबेशनबाट थापा अध्यक्षमा निर्वा्चित हुनुभएको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुर्य पुर्वछाने मगर, र उपाध्यक्षमा देवराज आले मगर चयन हुनुभएको छ । संघको महिला उपाध्यक्षमा अमला थापा मगर निर्वा्चित हुनु भएको छ ।

magar

अमृता लुङ्गेली मगरलाई ५ मतले पछि पार्दै थापा निर्वा्चित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी लुङ्गेलीले २८ मत पाउनु भएको थियो भने अमलाको ३३ आएको थियो । सांस्कृतिक उपाध्यक्ष (१२ मगरांत) – लेखक माक्किम मगर, सांस्कृतिक उपाध्यक्ष (१८ मगरांत) – कुमार राना मगर, सांस्कृतिक उपाध्यक्ष (काईके मगरांत) – दिप सागर थापा मगर, सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।

आगामी ३ वर्षे कार्यकालकालका लागि महासचिवमा विलन थापा मगर, सचिव( डोलराज बारघरे मगर, (संगठन) सचिव( निर आले मगर, चयन हुनुभएको छ । यस्तै संघको (प्रचार(प्रसार) सचिव( रेशम पाचे मगर, कोषाध्यक्ष( निता पुन मगर, सह कोषाध्यक्ष( कल्याण राना मगर निर्वा्चित हुनुभएको छ ।

संघका अन्य सदस्यहरुमा सगरमाथा अञ्चलबाट अनिल थापा मगर, भेरी अञ्चलबाट गोपाल नेपाल जिएम, सेती अञ्चलबाट भक्त बहदुर सारु मगर, नारायणी अञ्चलबाट आशिष अस्लामी मगर, चयन हुनुभएको छ । गण्डकी अञ्चलबाट पदम थापा मगर, वाग्मती अञ्चलबाट शैलेश राना मगर, धौलागिरी अञ्चलबाट मन रोक्का मगर, राप्ती अञ्चलबाट गंगा पुन मगर, लुम्बिनी अञ्चलबाट प्रसाद खप्तरी मगर सदस्य बन्नु भएको छ ।

उपत्यका समन्वय बाट सविन पुलामी मगर, महिला विशेषमा सन्जु थापा मगर (समन्वय समिति), खुमा थापा मगर (राप्ती), र कमला थापा मगर (भेरी) चयन हुनुभएको छ । केही पद तथा सदस्यका लागि सर्वसहमति नहुँदा गोलापर्थाबाट चयन गरिएको थियो भने महिला उपाध्यक्षको लागि मतदान भएको थियो ।

तपाईको प्रतिक्रिया