Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

काठमाडौं  – राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषदले गरेको बन्दका कारण पूर्वका ९ जिल्लाको जनजीवन कष्टकर बनेको छ । भाडाका गाडी नचल्दा यात्रुले सास्ती खेप्नुपरेको छ । मुख्य बजार पनि बन्द छन् ।

बन्दको कारण पूर्वका सुनसरी, मोरङ, झापा, ईलाम, पाँचथर, तेहथुम, धनकुटा, संखुवासभा र ताप्लेजुङ गरी ९ जिल्लामा आशिंक प्रभाव परेको पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पवन गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सार्वजनिक गाडी कम चलेपनि निजी गाडी भने चलिरहेका छन् । परिषद्ले वि.सं १८३१ साउन २२ गते गोरखा राज्यसँग भएको सन्धिमा लिम्बुवानको सबै अधिकार खोसिएको भन्दै त्यसको विरोधमा २०६६ सालदेखि साउन २२ गते कालो दिनको रुपमा बन्द गर्न थालेको हो ।

तपाईको प्रतिक्रिया