Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियो शहरमा रहेको माराकाना रंगशालामा भव्यताका साथ रियो ओलम्पिक उदघाटन भएको छ ।

रियो अन्तर्गत फुटबलका खेल दुई दिन अघिदेखि नै सुरु भएपनि विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिकको औपचारिक उदघाटन समारोह भने नेपाली समय अनुसार आज बिहान सुरु गरिएको हो । यसक्रममा दुई सय ६ देश र एउटा शरणार्थी टिमका खेलाडीले विभिन्न २८ खेलमा पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । ओलम्पिक सुरु हुनु पूर्व रुसको डोपिङ, जिका भाइरसको संक्रमण तथा आयोजना स्थललको सुरक्षा तथा भौतिक पूर्वाधारको निर्माणको विषयले विवाद भएको थियो । तर अन्ततः ब्राजिलमा रियो ओलम्पिक सुरु भएको छ । दक्षिण अमेरिकामा पहिलो पटक हुन लागेको रियो ओलम्पिकका खेल चार ठाउँमा हुनेछन् । 1470446829306_XxjpseE005530_20160805_MVPFN1A001

डियोडोरु, बारा, कोपाकबाना र माराकाना रंगशालामा ओलम्पिकका खेल हुनेछन् । यस ओलम्पिकमा भाग लिएको शरणार्थी टिममा १० खेलाडी छन् । जसमा दक्षिणी सुडानका पाँच, सिरियाका दुई, कंगोका दुई तथा इथियोपियाका एक खेलाडी छन् । यो टिमले ओलम्पिक झण्डाअन्तर्गत भाग लिनेछ । यो ओलम्पिकमा एक सय १२ वर्ष पछि गल्फको पुनरागमन भएको छ । भन्नलाई यो ३१ औं ओलम्पियाड भनिएपनि २८ औं आयोजना हो ।

सन् १९१६, १९४० र १९४४ मा विश्व युद्धका कारण खेल हुन सकेको थिएन । पाँच सय ५४ जना खेलाडीसहित भाग लिएको अमेरिका सबै भन्दा ठूलो टिम हो । यो ओलम्पिकमा विश्वभरका १० हजार पाँच सय खेलाडी सहभागी हुँदैछन् । नेपालकी १३ वर्षकी पौडी खेलाडी गौरिका सिंह रियो ओलम्पिकमा भाग लिने सबैभन्दा कम उमेरकी खेलाडी हुन् ।

रियोमा नेपालबाट पाँच खेलमा सात खेलाडीले भाग लिंदैछन् । यसअघि हिजो भएको पहिलो खेलमा नेपालका आर्चरीका जितबहादुर मोक्तानले भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया