Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो – रोजगारी एवं अध्ययनको शिलसिलामा जापानमा रहेका वामीलीहरुले गठन गरेको वामी युवा क्लव जापानको प्रथम भेला सम्पन्न भएको छ । IMG_5478

जपानको टोकियो स्थीत एक रेष्टुरेण्टमा सम्पन्न उक्त प्रथम भेलाले दिनेश सापकोटा (दिपु) को अध्यक्षमा सर्वसम्वत रुपमा नयाँ कार्य समितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा भीम घिमिरे, पदम केसी, हसन शाक्य, खिम केसी र शुरज जिसि रहनु भएको छ भने सचिवमा कुशल खराल, सह सचिवमा अभिशेक गौचन र कोषाध्यक्षमा दिपक कार्की र सुमन श्रेष्ठ रहनु भएको छ । त्यसैगरि समितिको सदस्यहरुमा अर्जुन पोख्रेल, सुमन पोख्रेल, सिएन पाण्डे, दुर्गा खराल, नारायण बोहोरा र भुवन सापकोटा रहनु भएको छ ।

उक्त समितिले वामीकै बरिष्ठ व्यक्तित्वहरुलाई समेटेर पाँच सदश्यीय सल्लाहकार समितिको पनि चयन गरेको छ । जस अन्र्तगत रोशन केसी, टिकाराम घिमिरे, सुनिल सापकोटा, दिलिप थापा र सुरेश केसी रहनु भएको छ ।

गठित समितिले संस्थाको विकाससँगै वामीको शैक्षीक सामाजिक एक आर्थिक विकासमा सहयोग पुराउने उक्त संस्थाका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया