Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरूको संसदीय सुनुवाइ प्रारम्भ भएको छ । suprime court

व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिको आजको बैठकमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित हुनुभएका न्यायाधीश दीपककुमार कार्की र केदारप्रसाद चालिसेको सुनुवाइ भइसकेको छ । आजको बैठकमा शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ हुने कार्यसूची रहेको छ ।

सर्वोच्च अदालतको न्यायाधीशका लागि पुनरावेदन अदालतका सातजना न्यायाधीश र चारजना वरिष्ठ अधिवक्ताको नाम न्याय परिषद्ले प्रस्ताव गरेको छ । न्याय परिषद्ले प्रस्ताव गरी सिफारिस गरेका नामहरू उपर सुनुवाइ प्रारम्भ भएको हो ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव सदनमा दर्ता भएसँगै सुनुवाइ समितिको बैठक केही समय धकेलिएका कारण आजदेखि फेरि प्रारम्भ भएको हो ।

तपाईको प्रतिक्रिया