Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – भूमिसुधार तथा व्यवस्था मन्त्रालयले पाँच महिना सेवा अवधि रहेका सहसचिव नागेन्द्र झालाई राष्ट्रिय भूउपयोग आयोजना प्रमुखमा सरुवा गर्न नियमविपरित सामान्य प्रशासन मन्त्रालयमा सहमति प्रक्रिया अगाडि बढाएको छ ।

सचिव मोहनकृष्ण सापकोटाले चार महिना मात्रै सेवा अवधि रहेका सहसचिव झालाई एक वर्षका लागि सरुवा सहमतिको प्रक्रिया अघि बढाएका हुन् । सचिव श्रेष्ठले नियमविपरित सरुवा प्रक्रिया अघि बढाएपछि रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको आजको राजधानी दैनिकमा खबर छ ।

‘चार महिना जागिर अवधि भएका सहसचिवलाई एक वर्षको सुरुवा सहमति माग गर्नु सरासर ऐन–नियमविपरीत छ, चार महिना मात्र जागिर अवधि भएका सहसचिवको एक वर्षका लागि सरुवा माग्नले नियत सफा नभएको कुरालाई पुष्टि गर्छ’ अख्तियारमा मङ्गलवार हुमनाथ तिवारीले दिनुभएको उजुरीमा भनिएको छ ।

तपाईको प्रतिक्रिया