Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – स्थानीय निकाय वित्तीय आयोगले स्थानीय निकायलाई आर्थिक रूपमा सबल बनाउने नयाँ कार्ययोजना ल्याउने अन्तिम तयारी गरेको छ ।

स्थानीय निकायमा भएको सार्वजनिक सम्पत्तिको सदुपयोग गर्ने, विस्तृत जनशक्ति योजना स्वीकृत गरी लागू गर्ने, कर्मचारीको क्षमता विकास गर्ने, आचारसंहिता निर्माण गरी कार्यान्वयन गर्ने, राजस्वका प्रत्येक स्रोतबाट आयआर्जन गर्ने कार्ययोजना निर्माण गरी निरन्तर अनुगमन गर्ने गरी नीति बनाउने काम आयोगले गरिरहेको आजको गोरखापत्र दैनिकमा खबर छ ।

आपसका नगरपालिकाबीच सहकार्य गर्न लगाउने, फोहोर मैला व्यवस्थापनमा सहकार्य गर्ने, सम्पत्ति लगत तयार गरी आर्थिक उपार्जन हुने गरी उपयोग गर्ने, कम्प्युटर सफ्टवेयरमार्फत भवन निर्माणको नक्सापास कार्य सुरु गर्ने नीति बन्न लागेको वित्तीय आयोगले जनाएको छ । अहिले स्थानीय निकायको वित्तीय अवस्थाबारे सम्बन्धित विज्ञहरूसँग छलफल गरी कार्यविधि निर्माण गर्ने क्रममा आयोग लागिरहेको छ ।

उक्त कार्यविधि लागू भएपछि स्थानीय निकायको आर्थिक सबलीकरणका लागि नीति निर्माण हुने र सोहीअनुसार कार्यान्वयनका लागि मन्त्रालयलाई सिफारिस गरिनेछ ।

तपाईको प्रतिक्रिया