Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ –प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् व्यवस्थापनको आकस्मिक कार्यमा खट्ने जिल्ला तथा क्षेत्रस्तरका कुनै पनि कर्मचारीलाई सम्बन्धित मन्त्रालय÷निकायका सचिवको पूर्व स्वीकृति बेगर काज÷बिदा नदिन सबै मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रम तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्ति जारीे वर्षाका कारण देशका विभिन्न भागमा आइरहेको बाढी, पहिरो, डुबान तथा नदी कटानले गर्दा देशको प्रयः सबै भूभागको जनजीवन प्रभावित भई जनधनको क्षति भएको सन्दर्भमा विपद् प्रभावितको खोज, उद्धार तथा राहत वितरणमा कर्मचारीको थप सहयोग र समन्वय महत्वपूर्ण हुन सक्ने भएकाले तत्कालका लागि बिदा र काज नदिन त्यस्तो निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया