मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

160701153124_kabul_attack_police_640x360_apकाठमाडौँ – अफगानिस्तानको राजधानी काबुलको एउटा प्रदर्शनमा गराइएको आत्मघाती बम हमलामा मारिनेहरुको संख्या ८० पुगेको अधिकारीहरुले जनाएका छन् ।

हाजरा आदिवासी अल्पसंख्यकहरुले पूर्वनिर्णय परिवर्तन गर्दै आफूहरुको प्रान्तदेखि टाढा पर्ने गरी सरकारले बिजुलीको प्रसारण लाइन लैजाने निर्णय गरेको विरोधमा देह मजाङ् क्षेत्रमा प्रदर्शन गरिरहेका थिए । ठुलो संख्यामा रहेको आफ्नो समुदायलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरू आक्रोशित बनेका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुई सय जनाभन्दा बढी घाइते भएको र मृतकको संख्या बढ्न सक्छ । बीबीसीका अनुसार घटनास्थलमा क्षतविक्षत शव र पाखुराहरु छरपस्ट देखिएका थिए । 160723123248_kabul_attack_624x351_afp_nocredit

घटनापछि अफगान राष्ट्रपति अशरफ गनीले घटनाबाट आफू निकै दुखी भएको उल्लेख गर्दै भन्नुभएको छ,‘शान्तिपूर्ण प्रदर्शन प्रत्येक नागरिकको अधिकार हो, तर अवसरवादी आतंकवादीले घुसपैठ गरेर केही सुरक्षाकर्मीसहित कैयौँ सर्वसाधारणको ज्यान जाने र घाइते हुने गरी आक्रमण गराएका छन् ।

कट्टरपन्थी समूह इस्लामिक स्टेट (आईएस) ले घटनाको जिम्मेवारी लिएको छ ।

तपाईको प्रतिक्रिया