Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

चितवन – चितवनका कार पारखी ग्राहक वर्गहरुको चाहनालाई लक्षित गर्दै सुविधा सम्पन्न शो – रुम सहित ड्याट्सन व्राण्डका कार बिक्रीका लागि राखिएको छ ।

अटो क्षेत्रमा विगत ५ वर्षदेखि सक्रिय रहदै आएको सेढाई होल्डिङ्ग गुप्र अन्तर्गतको एस.एच मोटर्स् सुविधा सम्पन्न शोरुमसहित भरतपुर एयरपोर्ट अगाडी ड्याट्सन व्राण्डका कार बिक्रीका लागि राखेको हो । सोही अवसरमा दुई दिने ड्याट्सन मनसुन एक्सेन्ज मेला आयोजना पनि गरेको छ । चितवनका ग्राहकवर्गहरुको चाहना र मागलाई मध्येनजर गर्दै ड्याट्सन मनसुन एक्सेन्ज मेला आयोजना गरेको एस.एच मोटर्स्का निर्देश सेढाईले जानकारी दिनुभयो । 13694233_1151576391550831_1833191597_o

जुनसुकै मोडलका कारहरुको उचित मूल्यमा एक्सेन्ज गरेर नयाँ गाडी ग्राहकले लैजान सक्ने उँहाले बताउनुभयो । मेलाको पहिलो दिन ३० जनाले टेष्ट ड्राईभ र २ जनाले कार बुक गरेको एस.एच मोटर्स्का म्यानेजर उपेन्द्र भूषाले बताउनुभयो । अब मोटरसाइकल छोडर कार चढ्न चाहाने ग्राहकहरुको सहजताका लागि जापनिज कोल्याव्रेसन र भारतमा निर्मित ड्याट्सन व्राण्डका कार बिक्री सुरु गरेको आयोजकले जनाएको छ ।

१२ सय सिसी क्षमताका कारहरु नन एसी, एसी जडित र सेमी अप्सनमा उपलब्ध छन् । प्रति लिटर पेट्रोलमा झन्डै २० दशमलव ६३ किलोमिटर दुरी पार गर्ने इन्धन किफायती इञ्जिन यसको मुख्य विशेषता रहेको एस.एच मोटर्स्का म्यानेजर सुनिता लामाले जानकारी दिए । ***

तपाईको प्रतिक्रिया