Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – संसदमा विचाराधीन विधेयक रोकेर अविश्वासको प्रस्ताव अघि बढाउने कदमबाट सभामुख ओनसरी घर्तीमगर विवादमा तानिनुभएको छ । speaker-onsari-gharti-assumes-office

प्रधानमन्त्रीविरुद्ध गत असार २९ मा संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि विनियोजना विधेयकका आश्रित विधेयकलाई सभामुख घर्तीमगरले रोकेको विषय विवादमा परेको आजको राजधानी दैनिकमा खबर छ । यसअघिको परम्परा समेत तोडेर पार्टी कार्यकर्ताकै हैसियतमा काम गरेको भन्दै एमालेले सदनमै सभामुखसँग जवाफ माग्ने तयारी समेत थालेको छ । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री भीमबहादुर रावलले विचाराधिन विधेयक रोकेको विषयमा सभामुखले चित्तबुझ्दो जवाफ नदिए अविश्वासको प्रस्तावमाथि छलफल गर्न ६ साउनमा बोलाइएको संसद बैठक चल्न नदिने घोषणा गरिसक्नुभएको छ ।

यता सभामुखले भने दलीय सहमति नभएकाले स्वविवेकमा आफूले अघि बढिसकेको विधेयक रोकेर अविश्वासको प्रस्ताव अघि बढाएको प्रष्टिकरण दिदैं आउनुभएको छ । उँहाले आफ्नो कदमको बचाउ गर्दै विगतको नजिरलाई विज्ञप्तिमार्फत नै सार्वजनिक गरेपछि झनै विवादमा तानिनुभएको हो ।

स्थापित मूल्य, मान्यता र विगतको अभ्यास बमोजिम आफ्नै स्वविवेकीय निर्णयमा अविश्वास प्रस्ताव अघि बढाएको सभामुख घर्तीमगरको दाबी छ ।  ***

तपाईको प्रतिक्रिया