Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – ओली नेतृत्वका सरकारबाट बाहिरिएर आफैं प्रधानमन्त्री बन्न लागेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएसँगै गर्ने कामको सूची तयार गर्न लागेका छन् । यसैक्रममा उनले ओली सरकारले गरेको एउटा अलोकप्रिय कदमलाई सच्चाउने तयारी गर्दै गरेको समाचार आजको नयाँ पत्रिकामा प्रकाशन भएको छ ।
सत्ता गठवन्धन टिकाउन ओली सरकारले अनावश्यक रुपमा टुक्राएका मन्त्रालयलाई प्रचण्डले जोडने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डवीच मन्त्रालय टुक्राएर भागबण्डा नलगाउने सहमति भएको छ ।
‘मन्त्रालय टुक्रयाउने गरी मन्त्रिपरिषद् बनाउँदैनौं, ओलीजीले टुक्रयाउनुभएको मन्त्रालय पनि एकै ठाउँमा गाभ्ने सहमति गरेका छौं,’ माओवादी उच्च स्रोतले भन्यो। ओलीले कृषि मन्त्रालयलाई टुक्रयाएर कृषि र पशुपंक्षी, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई टुक्रयाएर वाणिज्य र आपूर्ति मन्त्रालय बनाएका थिए। त्यस्तै, खानेपानी तथा सरसफाइ मन्त्रालय पनि बनाएका थिए।

तपाईको प्रतिक्रिया