Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

चितवन – अविरल वर्षापछि आएका पहिराले आज अपराह्न ३ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ ।

मुग्लिन बजारनजिकै माथिबाट रुखसहितको पहिरो खसेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो। त्यसैगरी, चार किलो र पाँच किलोको बीचमा पर्ने कालीखोलामा पनि लगातार पहिरो खसिरहेको उहाँले जानकारी दिनुभयो ।

ठाउँठाउँमा साना, ठूला पहिरा खसेका र पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको खनालले बताउनुभयो । पानी पर्न रोकिएमा मात्रै पहिरा पन्छाउन सहज हुने उहाँको भनाइ थियो । “पानी परिरहेकोले ठाउँठाउँमा माथिबाट सानातिना पहिरा र ढुङ्गा खसिरहेका छन् । पहिरा पन्छाउन जान सक्ने अवस्था नै छैन”–खनालले भन्नुभयो ।

सडक अवरुद्ध बनेपछि सडकको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ । पानी परिरहे सडक सुचारु हुन सक्ने अवस्था छैन । सडक विस्तारको कार्य भईरहेको उक्त सडक खण्डमा फराकिलो बनाउन सडकको भित्ता काटिएका छन् जसका कारण पानी पर्नासाथ पहिरो जाने समस्या पर्दै आएको छ ।

तपाईको प्रतिक्रिया