Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौ– संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्दै आएको संघीय गठबन्धनभित्र नयाँ सरकार बनाउन सशर्त सहयोग गर्नुपर्ने आवाज उठेको छ ।

आइतबार बसेको गठबन्धनको बैठकमा नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व बन्ने सरकारलाई आफ्ना ११ बुँदे र २६ बुँदे माग पूरा गर्ने प्रतिबद्धता गराएर सहयोग गर्नुपर्ने बताएका हुन् ।

सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने तर सरकारमा जान नहुने पक्षमा मोर्चाभित्र छलफल सुरु भएको सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिनुभयो । बैठकले ३९ दिनसम्म खुलामञ्चमा बसेको अनशन सफल भएको निष्कर्ष समेत निकालेको छ ।

गठबन्धनको बैठक सोमबार बिहान पनि बस्नेछ ।

तपाईको प्रतिक्रिया