Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

भक्तपुर  – मधेसी मार्चा तथा संघीय गठबन्धनमा रहेर लामो समयदेखि संविधानका केही बुदामा असन्तुष्टि जनाउँदै आन्दोलन गर्दै आएको सद्भावना पार्टी सरकारमा सहभागि नहुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बिरुद्धमा अबिश्वासको प्रस्ताब दर्ता गर्न सहयोग गरेर नयाँ सरकार गठमा सहयोग गरे पनि तत्काल सरकारमा सहभागि नहुने भएको छ ।

laxman-lala-carna

रफत सञ्चार क्लवले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले ओली सरकारले मधेशका मागलाई टुक्कामा सिमित पार्दै कुनै सम्बोधन नगरेको आरोप लगाउनुभयो ।

उहाँले बर्तमान ओली सरकारले आफ्ना माग सम्बोधन नगरे कै कारण नयाँ माओबादी केन्द्र र कांग्रेसको सरकारले आफ्ना मागहरुको सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोले समर्थन गरेता पनि आफ्नो दल सरकारमा नजाने बताउनुभयो ।

उहाँले दक्षिण तर्फको छिमेकीको भरमा मधेश आन्दोलन भएको भन्दै आरोप लगाउनेहरु गलत भएको भन्दै यही गलत आलोचना गरेकै कारण दक्षिण तर्फका छिमेकीसँगको सम्बन्ध बिग्रेको दाबबी गर्नुभयो ।

उहाले मधेशवादी दलहरु एमालेको बिरोधी नभएको र नयाँ बन्ने सरकारमा एमालेलाई समेत सामेल गर्दा राम्रो हुने भन्दै आफूहरु ओली प्रबृतिको बिरोधी भएको स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया