Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – उच्च माध्यामिक विद्यालय संघ (हिसान) मा अध्यक्ष रमेश सिलवाल र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मा अध्यक्ष लक्ष्यबहादुर केसी दुवै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुन् ।TU

त्रिविअन्तर्गत त्रिवि अन्तर्गत त्रिचन्द्र क्याम्पसमा अध्यापनरत सिलवाल २७ वर्षदेखि र केसी २४ वर्षदेखि त्रिवि सेवामा छन् । तर सिलवालले त्रिविको जागिरका अलवा कलेज, हिसान र राजनीतिक नियुक्तिका पदहरु धानिरहेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

सिलवाल र केसी उदाहरण पात्र हुन्, जो त्रिविको हाजिर मात्र गरी अन्यत्र जागिर पकाइरहेका छन् । त्रिविमा अध्यापनरत उनीहरुजस्ता हजारभन्दा बढी उपप्राध्यापक र सहप्राध्यापक जागिर त्रिविमा खाएर कामचाहिँ निजी स्कुलमा गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया