मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

गुल्मी  – अविरल वर्षापछि गएको पहिरोमा पुरिँदा गुल्मीमा शनिबार एक जनाको ज्यान गएको छ । हस्तिचौर गाविस–१ मल्दी बस्ने ३८ वर्षका बाबुराम महत पहिरोमा पुरिएका हुन् ।

शनिवार बिहान घरमा बसेर मकै छोडाई रहेका महतको घरमाथिबाट खसेको पहिरोले पुरिँदा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक भोला रावलले जानकारी दिनुभएको छ ।

पहिरोले महतको घर र गोठ सबै पुरिदिएको छ । बिहान पहिरो जाँदा महतको परिवारका अन्य १० जना घरबाहिर थिए । परिवारका अन्य सदस्य घरबाहिर भएका कारण बाँच्न सफल भएको रावलले बताउनु भयो । पहिरोले घरगोठ पुरिदिएपछि परिवार बिचल्लीमा छ ।

तपाईको प्रतिक्रिया