मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौं – प्रधानमन्त्री केपी ओली सरकार अल्पमतमा परे पनि नयाँ सरकारका लागि संविधानमा स्पष्ट ब्यवस्था नभएको भन्दै आआफ्नै किसिमले ब्यख्या र बिश्लेषणहरु भइरहेका छन् । यसैबीचमा केही संविधानका बिज्ञहरुले भने संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन हुन सक्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन अवधिमा नयाँ सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएपछि कानुनविद्ले संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गर्न सकिने सुझाव दिएका हुन् । वर्तमान सरकारको विरुद्धमा संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गराएका कांग्रेस–माओवादी केन्द्रले नयाँ सरकार गठन र संवैधानिक व्यवस्थाका विषयमा आज कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले कानुनविद्हरुसँग छलफल गर्नुभएको थियो ।

कांग्रेस संसदीय दलको कार्यलय सिंहदबारमा भएको छलफलमा कानुनविद्हरुले वर्तमान सरकार पनि संविधानको धारा २९८ अनुसार गठन भएको, सोही धारा अनुसार नै अविश्वासको प्रस्ताव दर्ता भएकाले सोही धारा अनुसार नयाँ सरकार गठन गर्न सकिने सुझाव दिएको छलफलमा सहभागी कानुनविद् सूर्य ढुंगेलले जानकारी दिनुभयो । उक्त धारा अनुसार अविस्वासको प्रस्ताव पास भए प्रधानमनत्री ओलीले राजिनामा नदिए पनि नयाँ सरकार गठन गर्न सकिने कानुदिहरुको भनाई छ ।

व्यवस्थापिका संसद कार्यसंचालन नियमावलीको नियम ४९ र १६० मा पनि संविधानको धारा २९८ अनुसार नै नयाँ सरकार गठन हुने उल्लेख भएकाले नयाँ सरकार गठनमा कुनै संवैधानिक जटिलता नभएको कानुनविद्ले सुझाव दिएका थिए । माओवादीले समर्थन फिर्ता लिएपछि ओली नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । तर प्रधानमन्त्री ओलीले भने राजीनामा नदिने, अविश्वासको प्रस्तावको सामना गर्ने बताइरहेका छन्।

के छ त संविधानमा ब्यवस्था ?
संविधानमा गरिएको संक्रमणकालीन व्यवस्था सम्बन्धी धारा २९८ को उपधारा (२) मा यो संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका संसदको अधिवेशन चलिरहेको रहेछ भने यो संविधान प्रारम्भ भएको मितिले र अधिवेशन चलिरहेको छ भने धारा २ सय ९६ को उपधारा (६) बमोजिम आह्वान गरिएको व्यवस्थापिका–संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री निर्वा्िचत हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया