बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं–कोरियाले कामदारको तलव ७ दशमलव ३ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । सन् २०१७ देखि लागू हुनेगरि रोजगार अमुनति प्रणाली (इपिएस) मार्फत कोरिया पुगेका कामदारको न्युनतम् तलवमा बृद्धि हुने भएको हो ।

कोरियाको श्रम मन्त्रालय अन्तरगतको पारिश्रमिक निर्धारण परिषद्को यो निर्णय कार्यन्वयनमा आएपछि न्युनतम तलव १ लाख ३० हजार रुपैयाँ पुग्नेछ । कोरिया हेराल्ड डटकमका अनुसार अहिले घण्टाको ६ हजार ३० वन पाउँदै आएका कामदारले अब ६ हजार ४ सय ७० वन अर्थात करिब ६ सय रुपैयाँ पाउने छन् ।

नयाँ तलव लागू भएपछि २ सय ९ घण्टा काम गर्ने कामदारको न्युनतम तलव १३ लाख ५२ हजार वन अथार्त १ लाख ३० हजार रुपैयाँ पुग्नेछ । पारित भएको तलब बढाउने प्रस्तवमाथि अब उजुरीहरुको सुनुवाइ हुने र मन्त्रिपरिषदले पारित गरेर आउँदो जनवरीबाट नयाँ पारिश्रमिक दर कार्यान्वयनमा आउनेछ ।

पारिश्रमिक निर्धारण समितमै ज्याला बढाउने नबढाउने षियमा मत बाझिएपनि बहुमत सदस्यले ज्याला बढाउनुपर्ने पक्षमा मतदान गरेका थिए । कोरियामा ट्रेड युनियनले प्रतिघण्टा १० हजार वन तलव कायम गर्न माग गर्दै आएका छन् । तलव बढ्दा झण्डै ३३ लाख ६० हजार कामदार लाभान्वित हुने कोरियको श्रम मनत्रालयले जनाएको छ ।

कोरियामा कृषि र उत्पादनमूलक क्षेत्रमा झण्डै ३८ हजार नेपाली कार्यरत छन् ।

तपाईको प्रतिक्रिया