Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – वातावरणमन्त्री विश्वेन्द्र पासवानले चैत तेस्रो साता २० हजार रुपैयाँको लागतमा सिरहाको बेलहामा दुईवटा सोलार बत्ती उद्घाटन गर्न करिब तीन लाख रुपैयाँ भाडा लाग्ने हेलिकप्टर प्रयोग गर्नुभयो ।Bishwendra-Paswan-2

मन्त्रालय आउजाउ गर्न साइकल चढ्नेदेखि विदेश उड्न ठिक्क परेका सहसचिवलाई फिर्ता बोलाई पासपोर्ट कब्जामा लिएर चर्चा कमाएका मन्त्री पासवान आफ्नै गाउँका जनतालाई देखाउनकै निम्ति हेलिकप्टर चढ्नुभएको थियो । तर उहाँलाई अहिले त्यही हेलिकप्टरको बिल टाउको दुःखाई बनेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

नेपाली सेनाले मन्त्री पासवानका लागि चार्टर गरिदिएको हेलिकप्टरको बिल तिरिदिन चार महिनादेखि रक्षा मन्त्रालय हुँदै बाताबारण मन्त्रालयलाई तोकता गरिरहेको छ । तर मन्त्रालयले त्यो आफ्नो कार्यक्रममा प्रयोग नभएको भन्दै पन्छिरहेको छ ।

मन्त्री पासवान भने बिलले हैरान हुनुभएको छ ।

तपाईको प्रतिक्रिया