Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई बहुमत पुर्‍याउन  ४५ सिटको आवश्यकता परेको छ । kp

ओली सरकारले विश्वसको मत मागेर ४५ सिट प्राप्त गर्न सफ भए उनी प्रधानमन्त्री कायम रहने छन् । आजको राजधानी दैनिकमा खबर छ । संसदमा गत २४ असोजमा भएको प्रधानमन्त्री निर्वाचनमा ओलीले ३ सय ३८ मतले विजयी हुनुभउको थियो । जसमा माओवादी केन्द्रको ८२ जनको समर्थन थियो ।

यसअघि तीन सिट भएको नेकपा संयुक्तले समर्थन फिर्ता लिइसकेको जनाएको छ । जसबाट यो सरकार २ सय ५३ जनाको मात्र समर्थन रहेको छ । सत्ता गठबन्धभनको सबैभन्दा ठुलो शक्ति माओवादी केन्द्रले मंगलबार समर्थन फिर्ता लिएपछि अब ओली सरकारलाई टिकाउन ४५ सिटको आवश्यकता पर्ने भएको हो ।

कुल ५ सय ९५ सदस्यमध्ये त्यसको बहुमत प्राप्त गर्न २ सय ९८ मतको आवश्यकता पर्छ ।

तपाईको प्रतिक्रिया