Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – युरोकप फुटबल २०१६ को उपाधिका लागि आज राति फ्रान्स र पोर्चुगल भिड्दैछन् । बिशेषत प्रतिस्पर्धालाई पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्यिानो रोनाल्डो र फ्रान्सका फरवार्ड एन्टोनी ग्रिजम्यानबीचको भिडन्तका रूपमा हेरिएको छ ।

जारी युरोकपमा ग्रिजम्यान उत्कृष्ठ लयमा देखिएका छन् । ६ गोल गरेका ग्रिजम्यान गोल्डेन बुटको दौडमा छन् । रोनाल्डोसँगै फ्रान्सका ओलीभर जिरुड र डिमिट्री पाएटले पनि ३/३ गोल गरेका छन् । त्यसो त पोर्चुगलका विंगर नानीले पनि ३ गोल गरेका छन् । यद्यपि, फाइनल भिडन्त रोनाल्डो र ग्रिजम्यान बिच नै हुने पक्का छ । फ्रान्सको पेरिसमा हुने फाईनल खेल दुवै टोलीका लागि सहज भने हुनेछैन । घरेलु टोली फ्रान्स आफ्नै भूमिमा तेस्रो पटक उपाधि जित्ने अभियानमा छ । सन् १९८४ मा आफ्नै भूमिमा युरोकप जितेको फ्रान्सले सन् १९९८ मा घरेलु समर्थको माझ विश्वकप फुटबलको उपाधि उचालेको थियो । euro cup

फ्रान्स फेरी एकपटक घरेलु मैदान र समर्थकमाझ युरोकपको उपाधि उचाल्ने अभियानमा छ । तर फ्रान्सको यात्रामा पोर्चुगलले बाधा नर्पुयाउला भन्न सकिन्न । पोर्चुगल कुनैपनि मुख्य फुटबल प्रतियोगिताको पहिलो उपाधि जित्ने अभियानमा छ । आफ्नै राष्ट्रमा सन् २००४ मा आयोजित युरोकपको फाईनलमा ग्रिससँग १–० ले हारेको पोर्चुगल यसपटक पहिलो उपाधिका लागि संघर्ष गर्दैछ । समूह चरणमा एक खेल पनि जित्न नसकेको पोर्चुगल तीन खेलबाट तीन अंक जोड्दै समूहमा तेस्रो भएर राउण्ड अफ सिक्सटिनमा पुगेको थियो । राउण्ड अफ सिक्सटिनमा क्रोएशियालाई अतिरिक्त समयमा हराएको पोर्चुगलले क्वाटरफाईनलमा पोल्याण्डलाई टाई ब्रेकरमा पराजित गरेको थियो । यस्तै, सेमिफाईनलमा वेल्सलाई २–० ले हराउदै पोर्चुगलले फाईनलमा स्थान सुरक्षित गरेको हो ।

उता फ्रान्सले समूह चरणमा रोमानिया र अल्बानियालाई हराएको थियो भने स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो । राउण्ड अफ सिक्सटिनमा आयरल्याण्डलाई हराएको फ्रान्सले क्वाटरफाईनलमा आईसल्याण्डलाई ५–२ को फराकिलो अन्तरले पाखा लगाएको थियो । यस्तै फ्रान्सले सेमिफाईनलमा बलियो दाबेदार बिश्वबिजेता जर्मनीलाई २-० ले हराएपछि आयोजक फ्रान्सलाई उपाधिको मुख्य दावेदारको रूपमा हेरिएको छ । तर पोर्चुगलविरुद्धको खेल फ्रान्सका लागि सहज भने पक्कै हुने छैन । आजको खेलमा पोर्चुगलका लागि क्रिश्चियानो रोनाल्डो, नानी र रेनाटो सान्चेजको खेल महत्वपूर्ण मानिएको छ भने फ्रान्सका लागि डिमित्री पायट, पउल पोग्बा र एन्टोनी ग्रिजम्यानको खेल हेर्न लायक मानिएको छ ।

रोनाल्डो र ग्रिजम्यानबीच ६ हप्तामा दोस्रो भिडन्त हुन लागेको हो । युरोपियन च्याम्पिन्स रियल म्याड्रिड र ग्रिजम्यानको एट्लेटिको म्याड्रिडबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित तथा थप गरिएको समयमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेन्टाली सुटआउटमा रोनाल्डोले निर्णायक पेनाल्टी हानेपछि रियलले खेल ५–३ ले जितेको थियो तर ग्रिजम्यानले निर्धारित समयमा मिस गर्दा एट्लेटि जितबाट चुकेको थियो ।

अब ग्रिजम्यानसमक्ष उक्त हारको बदला लिने अवसर पनि आएको छ ।

तपाईको प्रतिक्रिया