Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – काँग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले आफूलाई उपसभापति मनोनीत गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिनुभएको छ । तीनपटक भेटेर दबाब दिए पनि देउवाले टारेको भन्दै खड्काले शनिवार आफूपक्षीय नेता–कार्यकर्ताको भेला गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

‘सभापति शेरबहादुर देउवाले महाधिवेशनअघि खड्काजीलाई उपभापति दिने प्रतिबद्धता गर्नुभएको हो । तर, अहिले भ्रातृ संस्थाको अधिवेशनपछि मात्र पदाधिकारी चयन गर्ने भनेर ढिलाइ हुँदै आएको छ,’ भेलामा सहभागी नेता देवेन्द्रराज कँडेलले भन्नुभयो, ‘पदाधिकारी चयन किन ढिलाइ भइरहेको छ । केन्द्रीय सदस्य पनि हाम्रो पक्षलाई दिने भन्ने थियो तर दिइएन । यिनै विषयसहित भातृ संस्थाको अधिवेशन र हिन्दु धर्मबारे छलफल गर्न भेला डाकेका हौ ।’

भेलाले आफ्नो पक्षलाई समेत मिलाएर लैजान देउवा तयार हुनुपर्ने निष्कर्ष पनि निकालेको छ । लगनखेलस्थित कराँतेको कार्यालयमा दिउँसो ३ बजेदेखि दुई घण्टा चलेको भेलामा खुमबहादुर खड्कासहित शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, काँग्रेस डडेल्धुराका सभापति कर्ण मल्लसहित दुई सय महाधिवेशन प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । पार्टी पदाधिकारी तथा सदस्य मनोनीत गर्न ढिलाइ भएमा अपजस जति देउवालाई नै जाने भन्दै छिटो गर्न पहिले दबाब दिने, त्यसो नभए थप रणनीति बनाउनेबारे सहभागीले सुझाव दिएका थिए ।

देउवासँग छलफल गर्न टोली

भेलाले शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल र अजयकुमार चौरसियालाई देउवासँग संवाद गर्ने जिम्मा समेत दिएको छ । ‘उपसभापति दिने र केन्द्रीय सदस्यमा पनि भागबन्डा गर्ने सहमति भएको हो ।

खुमबहादुरजीले सभापतिलाई तीनपटक भेटेरै मनोनीत गर्न भन्नुभयो । चार महिना बित्न लाग्दा पनि प्रतिज्ञा पूरा भएको छैन,’ कँडेलले भन्नुभयो , ‘अब देउवाजीसँग भेटेर क्लियर कुरा गर्छौँ ।’

तपाईको प्रतिक्रिया