Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाल र चीनबीच रहेको व्यापारिक सिमानाका बन्द भएपछि दुवै देशका उच्चसुरक्षा अधिकारी गोप्य छलफलमा जुटेका छन् ।

प्राकृतिक प्रकोप र सुरक्षा संवेदनशिलतालाई प्रमुख कारण देखाउँदैबन्द भएका तातोपानी खासा, रसुवागढी र मुस्ताङको कोरला नाका सुचारु गर्ने लगातयका विषयमा छलफलगर्न चिनियाँ सुरक्षा अधिकारी काठमाडों आइपुगेका हुन् । औपचारिक छलफल र भेटघाटको तालिका नै तय नभई भएको चिनियाँ सुरक्षा अधिकारीहरुको नेपाल आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

जनमुक्ति सेनाका मेजर जनरल फु पेङ नेतृत्वको चिनियाँ टोली शनिवार अपरान्ह काठमाडों आइपुगेको आजको कारोबार दैनिकमा खबर छ । बुधवारसम्म नेपालमै रहने भ्रमण टोलीले नेपालका सुरक्षा अधिकारीसँग अनौपचारिक छलफल गर्नेछ । गृहसचिव नारायणगोपाल मलेगोसहितका सुरक्षा अधिकारीसँग उनीहरूको छलफल हुने जनाइएको छ ।

नेपाल चीन व्यापारिक नाका सुचारु गर्ने, सीमा अपराध नियान्त्रण गर्ने र एक चीन नीतिविरुद्धका गतिविधि नियन्त्रण गर्ने लगायतका विषयमा छलफल हुने गृहमन्त्रालयल श्रोतले जनाएको छ । यसअघि बिहीबार तीन उपप्रधानमन्त्रीहरुले चीनसँग सीमा जोडिएको कोरला नाका अवलोकन गरेका थिए ।

तपाईको प्रतिक्रिया