Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । उहाँ अहिले संवाद गर्न र खानेकुरा खानसक्ने हुनुभएको अस्पतालले जनाएको छ । shanka

कोइरालाको स्वास्थ्यमा सुधार आएकाले अब एकदुई दिनमा हिँडडुल गराइने उपचारमा संलग्न डा हरिकिशोर श्रेष्ठले जानकारी दिनुभयो । केहीदिनभित्र कोइरालालाई सघन उपचार कक्ष आइसियुबाट अन्तै सार्ने अस्पतालको तयारी छ ।

‘उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ, अब, सघन उपचार कक्षबाट निकालेर डिलक्स वार्डमा सार्छौं, अहिले बाहिर सार्दा भिजिटर धेरै हुने भएकाले आइसियुमै राखेका हौँ’, डा श्रेष्ठले भन्नुभयो । स्वास्थ्यमा एक्कासि खराबी आएपछि उपचारार्थ डा कोइरालालाई गत असार २२ गते बुधवार अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि बिहीबार अपराह्नदेखि आइसियुमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया