Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – व्यवस्थापिका–संसद्को बैठक लम्बिएका कारण शनिवार बस्ने भनिएको सत्तारुढ दलको बैठक स्थगित भएको छ ।

विनियोजन विधेयकबारे छलफल लम्बिएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । सत्ता साझेदार प्रमुख घटक नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा मार्ग प्रशस्त गरेपछि समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिवार ६ बजेका लागि बैठक बोलाउनुभएको थियो ।

सत्तारुढ दलको अर्को बैठक आइतबार साँझ ६ बजे पुनः बस्ने प्रेस सल्लाहकार दाहालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया