Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलले आन्दोलनरत दलहरुको माग संवोधनकालागि सरकार वार्ताकालागि तयार रहेको बताउनुभएको छ । उहाँले वार्ताबाटै सवै कुराको समाधान गर्नकालागि सरकार लागि परेको बताउनुभयो ।

वार्ताकै लागि २ पटक औपचारिक पत्र पठाएको र अनौपचारिक तहबाट पनि वार्ता भइरहेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । व्यवस्थापिका संसदमा आर्थिक बर्ष २०७३–०७४ को विनियोजन विधयेकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले वार्ताबाटै हरेक समस्या समाधान गर्न सकिने पनि प्रष्ट पार्नुभयो ।

संसद वैठकमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग र शहरी बिकास मन्त्रालय अन्तरगत विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुभएको हो ।

उहाँले गरिव विपन्न र सिमान्तकृतलाई आवस दिने विषयमा जनाता आवसका लागि २० हजार जनाता आवश आगामी वर्षका लागि बनाउने बताउनु भयो ।
तराइका सदरमुकामहरुमा चक्रपथ निर्माण गरिने,यसैवर्ष देखि हुलाकी राजमार्ग निर्माण कार्य अगाडी बढाइएको, प्युठान र सुर्खेतका सहरहरुमा लगानी वृद्धि गरिने प्रधानमन्त्री ओलीले सदनलाई जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया