Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं –अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को विनियोजन विधेयक, २०७३ अन्तर्गत अर्थ मन्त्रालयसँग सम्बन्धित सांसदहरुले उठाउनुभएको प्रश्नको आज जवाफ दिँदै उहाँले आगामी आर्थिक वर्षको बजेटले ६ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको भन्दै उहाँले बजेट आर्थिक समृद्धि र समाजवादी अर्थतन्त्रको आधार निर्माण गर्न केन्द्रित रहेको बताउनुभयो ।

Bishnu Poudel

स्वच्छ खानेपानी, महिलाको आर्थिक विकास, ठूला पूर्वाधारयुक्त आयोजनाबाट रोजगारीको अवसर सिर्जना गर्दै गरिबी निवारण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उहाँले विकास बजेट बढाएर योजनाबद्ध विकास सुरु गरिएको एवम् शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो ।

भूकम्प, सीमा नाकामा भएको अवरोधलगायतका कारणबाट शिथिल भएको मुलुकको अर्थतन्त्रलाई चलायमान गराई भूकम्पपछिको पुनःनिर्माणमा बजेट केन्द्रित गरिएको भन्दै उहाँले मूल्यवृद्धि नियन्त्रण गर्न सबै प्रकारका उपायको अवलम्बन गरिने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय योजना आयोगले तयार पारेको १४औँ राष्ट्रिय योजनाको सीमा र दायराभित्र रहेर बजेट व्यवस्था गरिएको, राष्ट्रिय गौरवका आयोजनामा स्रोत र साधनको कमी हुन नदिने, वैदेशिक रोजगारीको निर्भरतालाई कम गर्न स्वदेशमा नै रोजगारीको प्रबन्ध गर्न अर्थ मन्त्रालय प्रतिबद्ध रहेको उहाँको कथन छ ।

द्वन्द्वकालमा हटाइएका बैंक तथा वित्तीय संस्थालाई पुनःस्थापना गरेर जनतालाई सहज र सरल रुपमा सेवा प्रदान गर्न सरकारले विशेष ध्यान दिएको भन्दै उहाँले बजेट कार्यान्वयनमा सबैको सकारात्मक साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगलाई स्रोत र साधन सम्पन्न बनाउन तथा बजेट उपलब्ध गराउन अर्थ मन्त्रालय लागिपरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया