Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्ग सङ्घर्षको स्वरुप परिवर्तन भएको र अबको सङ्घर्ष मजदुर र पुँजीपतिवर्गमा केन्द्रित हुँदै गएको बताउनुभएको छ ।

माओवादी सम्बद्ध चार मजदुर सङ्गठनबीचको एकता सम्मेलनलाई संबोधन गर्दै अध्यक्ष दाहालले सामन्तवाद कमजोर बनेपछि अबको लडाइँ पुँजीपतिवर्ग्विरुद्ध केन्द्रित भएको टिप्पणी गर्नुभयो ।

पार्टी एकतापछि ‘ जनताको माओवादी जनताकै घरमा’ भन्ने अभियान लिएर जान लागेको जानकारी दिँदै उहाँले भन्नुभयो– “अभियान अन्तर्गत सबै माओवादी नेता कार्यकर्ता तीन करोड नेपाली जनताका घरमा पुग्नेछन्, काँग्रेस वा एमालेका समर्थकका घरमा पनि पुग्दैछौँ ।”

अध्यक्ष दाहाल, रामबहादुर थापा, मातृका यादव र मणि थापा नेतृत्वको चार माओवादीबीच गत महिना एकता भएपछि उनीहरु सम्बद्ध चार मजदुर सङ्गठनबीच आज एकता भएको हो । सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न हुने छ ।

तपाईको प्रतिक्रिया