काठमाडौं – सत्ता साझेदार दलहरुको बैठक बेलुका बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुकी ६ बजे बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
मुख्य सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सहमतीय सरकारको पहल गर्ने निर्णय गरेपछि पछिल्लो राजनीतिक अवस्थामा नयाँ बहश सुरु भएको छ ।
एमालेसँगको ९ बुँदे सहमति हुँदा बजेट पारित गरेपछि आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने भद्र सहमति भएको दावी माओवादी केन्द्रले गर्दै आएको छ । तर एमालेले भने त्यस्तो कुनै सहमति नभएको दावी गरेको छ ।