Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

ताप्लेजुङ – ताप्लेजुङको उत्तरी हिमाली गाविस लेलेपस्थित घुन्सा खोलाको पुल बिहीबार बाढीले बगाएपछि गोठमा गएका २२ परिवारलाई घर फर्कन समस्या हुने भएको छ ।

वर्षासँगै आएको बाढीले सो क्षेत्रमा आवतजावत गर्ने एक मात्रै पुल बगाएपछि गोठमा गएका २२ परिवारलाई घर फर्कन समस्या हुने भएको हो । चाँैरीगोठ लिएर गएका घुन्साका १५ र फलेका आठ परिवारलाई घर फर्कने उपाय नभएको घुन्साका हिमाली चुङ्दाले बताउनुभयो । पुल बगाएपछि उनीहरूलाई खाद्यान्न लगायतका आवश्यक सामग्री पु¥याउनसमेत समस्या भएको छ ।

चुङ्दाका अनुसार घुन्सादेखि कञ्चनजङ्घा हिमालको बेसक्याम्प जाने बाटोको ‘लापुक’ भन्ने स्थानको पुल बाढीले बगाएको छ । बाढीका कारण गोठमा गएका २२ परिवारलाई बोलाएर पुल बनाउन सकिए पनि अलपत्र परेकालाई खबर गर्ने कुनै माध्यम नभएकाले समस्या भएको छ ।

उक्त क्षेत्रमा मोबाइल फोनसमेत नचल्ने भएकाले समस्या भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया