Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

फ्रान्स – युरोकप फुटबलको क्वाटरफाइनल खेलमा आज उपाधिका दावेदार आयोजक फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल राती पौने १ बजेबाट सुरु हुनेछ ।

फ्रान्स र जर्मनीबीच अहिले सम्म ४ पटक ठुला प्रतियोगितामा प्रतिस्पर्धा भएको छ तर युरोकपमा भने यी दुई टिमबीच पहिलो भिडन्त हुँदैछ ।यी दुई टिमबीच सन् १९५८ को विश्वकपमा पहिलो भेट भएको थियो । जुन खेल फ्रान्सले जितेको थियो । त्यसपछिको भेटमा सबै खेल जर्मनीले जितेको छ ।

Germany-Vs-France-friendly-250x167-c-default

युरोकपको इतिहासमा उच्च गोलगर्ने टिममा फ्रान्स र जर्मनी शीर्ष २ स्थानमा रहेका छन् । युरोकपमा जर्मनीले ७२ गोल गरिसकेको छ भने फ्रान्सले ६० गोल गरेको छ । जर्मनीले युरोकपमा ३ उपाधि चुमेको छ भने फ्रान्सले २ पटक उपाधि उचालेको छ ।

जर्मनी पछिल्ला ६ मुख्य प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सन् १९९६ मा चेक रिपक्लिकलाई हराउदै उपाधि जिते यता जर्मनीले युरोकपको उपाधि उचालेको छैन् । पछिल्लो १८ खेलमा जर्मनीले १७ मा जित निकालेको छ ।

फ्रान्स भने सन् २००६ यता पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो । घरेलु मैदानमा भएको पछिल्ला १७ खेलमा फ्रान्स अपराजित रहेको छ ।

तपाईको प्रतिक्रिया