Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – मुस्लिम समुदायले विशेष नमाज पाठ गरी आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । अरबिहरुले दसौँ महिनाको पहिलो दिन मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउने गर्दछन् । ID-5

खुसीपूर्वक शरीरको दान गरेर दिन दुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । नवौँ महिनाको अन्तिम दिन बुधवार बेलुकी चन्द्रमा देखिएपछि बिहीबार इद उल फित्र मनाइएको हो । यो पर्वमा जुनसुकै वर्गका मुस्लिमले मीठो मसिनो खाने गर्दछन् । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्र बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ ।

यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ । इद उल फितरको बिहान सूर्योदयअघि पढिने नमाजलाई फजर भनिन्छ । हातमुख धोएर फजर नमाज पढिन्छ । स्नान गरेर नयाँ कपडा पहिरिइ मस्जिद, इदगाहमा गएर विशेष नमाज पढिन्छ । मुस्लिम धर्मावलम्बीले वर्षमा दुईपटक विशेष नमाज पढ्छन् । विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइन्छ । यो आशीर्वाद लिने क्रम आजदेखि तीन दिनसम्म चल्छ । पाहुनालाई सेवइ र लछा खुवाइन्छ । यस पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यसैबिच, राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइमा सुखशान्ति र समृिद्धका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इद उल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्दै आफ्ना ऐतिहासिक एवम् मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस पर्वले हामी सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि, भ्रातृत्व, सद्भाव, सहिष्णुता र एकताका लागि प्रेरणा प्रदान गरोस् भनी शुभेच्छा व्यक्त गर्नुभएको छ । यसैबिच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि शुभकामना सन्देश दिनुभएको छ ।

तपाईको प्रतिक्रिया