Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – पोर्चुगल युरोकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सको लियोंमा गएराति भएको पहिलो सेमिफाइनलमा वेल्सलाई २–० ले हराउँदै पोर्चुगल उपाधि नजिक पुगेको हो ।euro

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै पोर्चुगलका रोनाल्डो र नानीले एक एक गोल गर्दै जित सुनिश्चित गरे । यो जितसँगै पोर्चुगल १२ वर्षपछि युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । यसअघि सन् २००४ मा आफ्नै देशमा भएको युरोकपको फाइनलमा पुगेको पोर्चुगल त्यतिबेला ग्रिससँग पराजित भएको थियो ।

हारसँगै इतिहासमै पहिलो पटक सेमिफाइनलसम्म पुगेको वेल्सको भने युरोकपबाट घर फर्केको छ । युरोकप फुटबलको दोस्रो सेमिफाइनल अन्तर्गत आज राति दुई बलिया प्रतिस्पर्धी जर्मनी र फ्रान्स भिड्दैछन् ।

विश्वकप विजेता जर्मनीले क्वाटरफाइनलमा ईटालीलाई टाईब्रेकरमा हराएको थियो भने आयोजक फ्रान्सले आईसल्याण्डलाई ५–२ ले पाखा लगाएको थियो ।

तपाईको प्रतिक्रिया