Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

काठमाडौँ – नेपाल सरकारको नीतिविपरीत र गृह प्रशासनको अनुमति बेगर जन्मोत्सब मनाएको भन्दै प्रहरीले हस्तक्षेप गरेपछि तिब्बती धर्मगुरु दलाई लामाको जन्मदिनको कार्यक्रम बिथोलिएको छ ।13_06_2016-14dalailalma

प्रहरी हस्तक्षेपपछि बौद्धस्थित स्रोङचेन आवासीय विद्यालय परिसरमा लामाको ८१ औँ जन्मदिन मनाउन बुधवार भेला भएका झन्डै तीन हजार समर्थक आक्रोशित हुँदै फर्किएका आजको अन्नपूर्ण दैनिकमा खबर छ । बौद्ध सेटलमेन्टका अधिकृत केल्साङसहित २४ तिब्बतीलाई प्रहरीले पक्राउ गरेको थियो ।

लामाका समर्थकले उक्त विद्यालय परिसरमा स्टेज बनाई सांस्कृतिक लगायत विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेका थिए । काठमाडौँ प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले अनुमतिबिना कार्यक्रम गरेकाले रोक्न निर्देशन दिएको बताउनुभयो ।

जिल्ला प्रशासनले अनुमति नदिएपछि मंगलबारदेखि नै प्रहरीले सम्भावित कार्यक्रम स्थलको निगरानी गरेको स्रोतले बताएको छ । दलाई लामाका अनुयायीलाई प्रहरीले कार्यक्रम नगर्न भनेपछि केहीबेर विद्यालय परिसर तनाबग्रस्त भएको थियो ।

तपाईको प्रतिक्रिया