Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि औपचारिक निर्णय गरेको नेकपा माओवादी केन्द्र वर्तमान सरकार छाड्ने नछाड्ने विषयमा भने आन्योलमा परेको छ । Prachanda-Dahal

यो सरकार ढाल्ने कि नढाल्ने विषयमा पार्टीभित्र चार धार उत्पन्न भएपछि माओवादी केन्द्रले तत्काल कुनै निर्णय लिन नसकेको आजको राजधानी दैनिकमा खबर छ । भर्खरै मात्र पार्टी एकताबाट आउने नेताहरूले सरकार परिवर्तनको विषयलाई खासै चासो नदिएका हुन् । आफूहरु भर्खर एकता प्रक्रियामा आएकाले यो विषयमा धेरै नबुझेकेको प्रतिक्रिया दिएर सरकार फेर्ने, नफेर्ने विषयको बहसमा उनीहरू सामेल हुन नचाहेको देखिएको छ ।

पार्टी सङ्गठन निर्माणमा निक्कै चिन्तित देखिएका उनीहरूले राष्ट्रिय सहमति कायम गरेर संविधानका राम्रा पक्ष, शान्ति प्रक्रियाको बाँकी काम तथा मधेस आन्दोलनलगायत हल हुनुपर्ने पक्षमा बढी जोड दिएका छन् ।

सरकार परिवर्तन गर्न हुन्न भनेर कडा रूपमा यसअघि प्रस्तुत भएका नारायणकाजी समूहले भने अहिले कुनै निष्कर्ष निकालिसकेको छैन ।

तपाईको प्रतिक्रिया